रेडियो यन्त्रको लाइसेन्स दस्तुर
(अ) रेडियो यन्त्र राख्न तथा प्रयोग गर्नको लागि लाग्ने लाइसेन्स दस्तुरः देहायका रेडियो यन्त्र राख्न तथा प्रयोग गर्नको लागि नेपाली नागरिकहरूलाई देहाय बमोजिमको लाइसेन्स दस्तुर लाग्नेछः–
*(१) आम जनताको लागि प्रसारण गरिएको टि.भि. प्रसारण प्राप्त गर्न सक्ने,–
(क) स्याटेलाईट डिकोडर/इन्कोडर प्रयोग गर्ने क्षमता सहितको स्याटेलाइट रिसिभरको लागि रु . ३००।–
(ख) डिकोडर /इन्कोडर नभएको स्याटेलाइट
रिसिभरको लागि रु. २००।–
(ग) अन्य प्रकारको सञ्चार प्राप्त गर्न सक्ने स्याटेलाइट रिसिभिङ्ग सिस्टमको लागि रु. १०००।–
(२) स्याटेलाईट कम्यूनिकेशन सिष्टम वा अर्थ स्टेशनको लागिः–
(क) एउटा मात्र भ्वाइस च्यानल प्रयोग गर्ने क्षमता भएको स्याटेलाइट कम्यूनिकेशन सिष्टम वा अर्थ स्टेशनको
लगि रु.३०,०००। र प्रत्येक थप टर्मिनल सुविधाको लागि थप अतिरिक्त दस्तुर रु. ५००।–, ५,०००।– सम्म ।
(ख) एक भन्दा बढी तर २ सय सम्म भ्वाइस च्यानल प्रयोग गर्ने क्षमता भएको अर्थ स्टेशनको लागि रु. ६०,०००।–
र प्रत्येक थप टर्मिनल सुविधाको लागि थप अतिरिक्त दस्तुर रु. ५००।–, ५,०००।– सम्म ।
(ग) Satellite T.V. Broadcasting Earth Station उपकरणको लागि प्रति च्यानल प्रतिबर्ष रु. १,००,०००।–
(ग१) Satellite Audio Broadcasting Earth Station (VSAT) उपकरण (Mono or Stereo) को लागि प्रति च्यानल प्रतिबर्ष रु .५०,०००।–
(घ) ६४ किलो विट्स प्रति सेकेण्ड क्षमता भएको भि–स्याट टर्मिनल वा स्याटेलाइट कम्यूनिकेशन सिष्टम वा अर्थ स्टेशनको लागि रेडियो फ्रिक्वेन्सी प्रयोगको लागि रु. १५,०००।– र त्यस पछिको प्रत्येक थप ६४ किलो विट्स प्रति सेकेण्डको लागि थप अतिरिक्त दस्तुर रु.१,०००।–
(३) एरोनटिकल स्टेशनको लागिः– रु.१,०००।–
(४) वायुयान (एयरक्राफ्ट स्टेशन) को लागिः– रु.३,०००।–
(५) वेस (आधार) स्टेशनको लागिः–
(क) ५ वाटसम्म आर. एफ. आउट पुट पावरको लागि रु.२००।–
(ख) ५ वाटदेखि २५ वाटसम्म आर. एफ. आउट पुट पावरको लागि रु.३००।–
(ग) २५ वाटदेखि आर.एफ. आउट पुट पावरभन्दा माथि रु.२,०००।–
(घ) वेस स्टेशनसंग सम्पर्क गर्ने वा अन्य स्थिर वा चल (मोवाइल) स्टेशनहरूको संख्या ५ र २५ वाट आर. एफ. पावर आउट पुट सम्मको लागि प्रति स्टेशन रु.२००।– सो भन्दा बढी संख्या र २५ वाटदेखि ५० वाट आर.एफ.
पावर आउट पुट सम्मको लागि प्रति स्टेशन रु.५००।–
(ङ) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका संघ संस्थाहरूले प्रयोग गर्ने ५० वाटभन्दा बढी आर. एफ. पावर आउटपुटको मोवाइल स्टेशनको लागि प्रति स्टेशन रु. १५००।–
(६) अचल स्टेशन (फिक्सड स्टेशन) को लागिः–
(क) ३० मेगाहर्ज भन्दा मुनि एक वा दुईसम्म ट्रान्समिटि· फ्रिक्वेन्सीहरू प्रयोग गर्न सकिने २५ वाट सम्म आर.एफ. पावरको आउट पुट क्षमताको अचल स्टेशनको लागि रु.१,०००।– र ५० आर. एफ. पावरको आउटपुटदेखि माथिको
अचल स्टेशनको लागि रु.१,५००।–
(ख) ३० मेगाहर्जदेखि १०.५ गिगाहर्जभित्र एक वा दुईसम्म ट्रान्समिटि· फ्रिक्वेन्सीहरू प्रयोग गर्न सकिने अचल स्टेशनको लागि निम्नबमोजिम खास ओगटेको आर. एफ. रेडियो फ्रिक्वेन्सी व्याण्ड विथको आधारमा–
(१) ३६ कि. हर्जभन्दा कम रु. ५००।–
(२) ३६ कि. हर्जदेखि ४०० कि. हर्जसम्म रु.२,०००।–
(३) ४०० कि. हर्जदेखि २,८०० कि. हर्जसम्म रु.४,०००।–
(४) २,८०० कि.हर्जदेखि १०,००० कि. हर्जसम्म रु.६,०००।–
(५) १०,००० कि.हर्जदेखि २०,००० कि.हर्जसम्म रु.१०,०००।–
(६) २०,००० कि.हर्जदेखि ४०,००० कि. हर्जसम्म रु.३०,०००।–
(७) ४०,००० कि.हर्जदेखि ८०,००० कि.हर्जसम्म रु.५०,०००।–
(८) ८०,००० कि.हर्जदेखि १,६०,००० कि.हर्जसम्म रु.८०,०००।–
(९) १,६०,००० कि.हर्जभन्दा बढी भएरु.१,००,०००।–
(१०) १०.५ गिगाहर्जभन्दा माथि १५.३५ गिगाहर्जसम्म, एउटै मात्र फ्रिक्वेन्सी प्रयोग गर्न सकिने र २० मेगाहर्ज भन्दा कम आर.एफ. व्याण्ड विथको ओगट्ने प्रति स्टेशन रु.२,०००।–
(११) १०.५ गिगाहर्ज भन्दा माथि १५.३५ गिगाहर्जसम्म एउटै मात्र फ्रिक्वेन्सी प्रयोग गर्न सकिने र २० मेगाहर्जभन्दा
माथि आर.एफ. व्याण्ड विथ ओगट्ने प्रति स्टेशनको लागि रु.३,०००।–
(१२) १५.३५ गिगाहर्जभन्दा माथि तर एउटै मात्र फ्रिक्वेन्सी प्रयोग गर्न सकिने र २० मेगाहर्जभन्दा कम आर.एफ.
व्याण्ड विथ ओगट्ने प्रति स्टेशनको लागि रु.१,०००।–
(१३) १५.३५ गिगाहर्जभन्दा माथि तर एउटै मात्र फ्रिक्वेन्सी प्रयोग गर्न सकिने र २० मेगाहर्जभन्दा बढी आर.एफ.
व्याण्ड विथ ओगट्ने प्रति स्टेशनको लागि रु.१,५००।–
(७) पेजिंग सेवाको लागिः
(क) ५० वाटसम्म आर. एफ. पावर आउट पुट क्षमताको ट्रान्समिटरबाट २,००० गोटा सम्म पेजिंग रिसिभर प्रयोग गर्न
सक्ने प्रणालीको लागि रु.२,०००।– र २,००० गोटाभन्दा बढी पेजिंग रिसिभर प्रयोग गर्न सक्ने प्रणालीको लागि प्रत्येक थप रिसिभरको लागि रु.५०।–
(ख) ५० वाटभन्दा बढी आर.एफ. पावर आउट पुट क्षमताको ट्रान्समिटरबाट ५००० गोटासम्म पेजिंग रिसिभर प्रयोग गर्न
सक्ने प्रणालीको लागि रु.४,०००।–
(ग) र ४,००० भन्दा बढी पेजिंग रिसिभर प्रयोग गर्न सक्ने प्रणालीको लागि प्रत्येक थप रिसिभरको लागि रु.५०।–
(घ) सार्वजनिक स्वीच्ड टेलिफोन नेटवर्क (पब्लिक सुइज्ड टेलिफोन नेट वर्क) संग मिलान नगरी छुट्टै प्रणाली स्थापना भएकोमा माथि
(क) र (ख) मा उल्लेखित दस्तुरको २० प्रतिशत अतिरिक्त दस्तुर समेत लाग्ने छ ।
(८) भित्री टि. भी. सेवाको लागिः रु. १,०००।–
(९) बहुकेन्द्र (मल्टिप्वाइन्ट वितरण प्रणालीको लागिः– सार्वजनिक टेलिफोन स्वीच्ड नेटवर्कसंग मेल खाने प्रणालीको लागि प्रति आर. एफ. च्यानल रु.१,०००।–
तर सार्वजनिक टेलिफोन स्वीच्ड नेटवर्कसंग मेल नखाने भएमा, अतिरिक्त थप दस्तुर रु. ५००।– प्रति आर. एफ. च्यानल लाग्नेछ ।
(१०) रिपिटर स्टेशन प्रति आर. एफ. च्यानलको लागि रु. १००।–
(११) (क) बाहिरी प्रसारण टेलिभिजन स्टेशनको लागि रु. १,०००।–
(ख) बाहिरी प्रसारण रेडियो स्टेशनको लागि रु. ५००।–
(१२) रेडियो नेपिगेशन स्टेशनको लागि (प्रयोग गरेको प्रति फ्रिक्वेन्सी वापत) रु.२००।–
(१३) रेडियो डिटरमिनेशन स्टेशनको लागि रु.२००।–
(१४) भि. एच. एफ. एअर कम्यूनिकेशन सेवा सार्वजनिक स्वीच्ड नेटवर्कमार्फत भै अन्य अन्तर्राष्ट्रिय नेटवर्कसंग मेल खाने भि. एच. एफ. ट्रान्समिटर वा ट्रान्सरिसिभर प्रणालीको लागि १० वाटसम्म आर एफ. पावर आउट पुट
क्षमताको भएमा रु.५०,०००।– र सो भन्दा बढी आर.एफ. पावर आउट पुट क्षमताको लागि रु.१,००,०००।–
(१५) गतिशिल वा अचल उद्धार योजना स्टेशनको लागि रु. ५००।–
(१६) कर्डलेस टेलिफोनको लागि रु. ५००।–
(आ) एमेच्योर रेडियो कन्ट्रोल अपरेटरको लागि रु. १००।–
(इ) एमेच्योर रेडियो सञ्चालनको लागि रु. ५००।–
(ई) रेडियो यन्त्र उत्पादन गर्नको लागि रु. २,०००।–
(उ) रेडियो यन्त्र बिक्री वितरणको लागि रु. २,०००।–
(ऊ) रेडियो (लाइसेन्स) नियमावली, २०४८ को अधीनमा रही विदेशी नागरिकहरूलाई कुनै रेडियो यन्त्र राख्न तथा प्रयोग गर्न पाउने गरी लाइसेन्स दिंदा खण्ड (अ), (आ) र (इ) मा उल्लेखित दस्तुरको चार दोब्बर परिवत्र्व विदेशी मुद्रा लाग्नेछ ।